
पुर्णपुष्टि,असोज २६
नेपालमा आज थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना ंसंक्रमितको सङ्ख्या १ लाख ११ हजार ८ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ३० जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी वितेको २४ घण्टामा १ हजार ४ सय ७३ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७७ हजार २ सय ७७ पुगेको छ ।
नेपालमा ३३ हजार ८ सय ८० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै ४ हजार ८ सय ३१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिलो २४ घण्टामा ९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।

