Friday, June 26News That Matters

नेपालमा थप ४२१ ज्नामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार ७

आज नेपालमा थप ४ सय २१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ९ हजार २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उक्त संक्रमित मध्ये थप  १ सय ९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।

गुल्मीका १ पुरूषको संक्रमणका कारण मृत्यु भएको छ । उनको असार ५ गते घरमै मृत्यु भएको थियो ।  उहाँको स्वाब परीक्षणमा कोरोना पाइएको हो । योसँगै मृत्यु हुनेको संख्या २३ जनाको मृत्यु भएको छ ।