
पूर्णपुष्टि, असार १२
नेपालमा आज थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ७ जना महिला र ४ सय ८६ जना पुरुषमा संक्रमण पष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उक्त संक्रमित मध्ये अहिलेसम्म २ हजार ६ सय ९८ जना उपचारपछि निको भएका छन् भने २७ जनाको मृत्यु भई सकेको मन्त्रालयले जनाएको छ ।
रसुवाबाहेक ७६ जिल्लामा कोरोना संक्रमण देखि सकेको छ ।
