Monday, August 10News That Matters

नेपालमा थप ९० जना कोरोना संक्रमित उपचारपछि निको भए

पूर्णपुष्टि, जेठ २८ गते । 

आज नेपालमा थप ९० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमित उपचारपछि निको संख्या ६ सय ७४ जना पुगेको हो ।

कोशी अस्पतालबाट ६, कोभिड १९ अस्पताल बलम्बुबाट १, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १, कोभिड १९ अस्पताल जनकपुरबाट ३७, महेन्द्र गेनाई आइसोलेसन सिराहाबाट २० र  कोरोना अस्पताल बेलझुण्डी दाङबाट ७ जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म उपचारपछि डिस्चार्ज भएका मध्ये ५ सय ९५ जना पुरुष र ८९ जना महिला रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।