
पूर्णपुष्टि, भदौ २१
नेपालमा आज थप नौ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४६ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार तीन सय ८२ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो । त्यस्तै गत २४ घण्टामा एक हजार आठ सय १४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या २८ हजार नौ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।
अब नेपालमा १७ हजार २७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने चार हजार सात सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा नौ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।

