
पूर्णपुष्टि, जेष्ठ १३
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना बाट निको हुनेको संख्या बढेको पाइएको छ । यसअघि ७४ प्रतिशतमा झरेको निको हुने दर ७७.२ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको रेकर्ड हेर्दा २० हजार ९९२ को कोरोना परिक्षणमा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको छ ।
यता निको भएको संक्रमित संख्या भने ७ हजार २२६ रहेको छ । नेपालमा यो सँगै कोरोना बाट निको हुनेको संख्या चार लाख १८ हजार ८२९ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा १०६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या छ हजार ९५१ पुगेको छ । नेपालमा कुल संक्रमितको संख्या पाँच लाख ४२ हजार २५६ पुगेको छ ।
