Wednesday, May 27News That Matters

नेपालमा पत्ता लाग्याे, काेराेना भाइरसविरूद्ध प्रतिराेध क्षमता बढाउने जडिबुटि ‘गुर्जाे लहरा’

पूर्णपुष्टि, फागुन २७ ।

कोरोना भाइरसले शरीरमा रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता नहुने मानिसलाई बढी प्रभावित पार्ने वा ज्यानैसम्म लैजाने कुरा चिकित्सकहरुले बताइरहदा नेपालमा एक जडिबुटिको नाम निकै प्रचलनमा आएको छ । जडिबुटिको देश भनेर चिनिने नेपालमा सबैखाले रोगको औषधि बन्ने जडिबुटि पाइन्छन् भनिन्छ । बनस्पतिविज्ञ, आयुर्वेदिक चिकित्सकहरुले हाल रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटिको रुपमा गुर्जोको प्रयोग गर्नुपर्ने बताएका छन् ।

नेपालमा पाइने महवत्पूर्ण जडीबुटी मध्येको एक हो गुर्जो । यो गाउँघरतिर प्रशस्त पाईन्छन् । गुर्जो लहरा भनेर चिनिने यो जडिबुटि औषधीय गुणले भरिपूर्ण रहेको आयुर्वेद चिकित्सकहरुले बताएका छन् । गाउँघरमा ज्वरो, रुघोखोकी र बाथ लगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गर्ने गरिएको छ । एलर्जी, चर्मरोग, पेट रोगमा आदिमा पनि औषधिको रुपमा प्रयोग गरिन्छ। मधुमेह, क्यान्सरसम्मका लागि पनि औषधिको रुपमा राम्रो काम गर्ने दावी छ । तर गाउँघरमा यसको संरक्षण भने छैन । सामान्य रुपमा लिइन्छ र सामान्यरुपले प्रयोग गरिन्छन् ।

विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेको छ । विज्ञ तथा चिकित्सकहरुको सल्लाह बमोजिम शरीरलाई स्वस्थ्य राख्न र शरीरमा रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन सुझाव दिइराखिएको छ । उच्च सतर्कताका साथ खाना, औषधि जस्ता चिजहरु सेवन गर्दा शरीरमा रोगविरुद्ध प्रतिरोध गर्ने क्षमता बढि बनाउन मानिसहरु लागी परेका छन् । हालसम्म खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने सुझाव  विज्ञहरूको छ ।

विश्व विकसित देशहरुमा कोरना भाइरस विरुद्ध २० प्रकारका खोपको परीक्षण भइरहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । तर पनि त्यो निश्कर्षमा पुगिसकेको आधिकारिक जानकारी आइसकेको छैन । साथै त्यसलाई सर्वसुलभ हुन समय लाग्ने बताइएको छ ।

चीनमा पनि परम्परागत औषधीय पद्धतिलाई जोड दिइएको जनाइएको छ । साथै खोपको परीक्षण भएको सूचना प्रवाह भएको छ ।

गाउँमा बिरामी हुँदा गुर्जोको रस खाने गरिएको वनस्पतिविज्ञ प्रोफेसर प्रमोदकुमार झाले बताउनुभयो । उहाँ आफैले पनि सेवन गरेको बताउनु भएको छ । रुघाखोकी लाग्दा, ज्वरो आउँदा, यसको झोल पिउदा फाईदा हुने उहाँले बताउनुभयो । नेपालमा आयुर्वेदमा यसको राम्रो उपयोग छ तर आधुनिक चिकित्सामा परीक्षण भएका छैनन् । संस्कृतमा गुडुची वा छिन्नोद्भवा भनेर चिनिने उहाँले बताउनुभयो ।

ऊष्ण तटीय क्षेत्रको नेपालमा यो बनस्पती पाईन्छ । साथै भारत, चीन, श्रीलङ्का, म्यानर, थाइल्यान्ड, मलेसिया लगायतका देशमा पनि यो वनस्पति पाइन्छ । नेपालमा   तराईका जङ्गलदेखि मध्य पहाडी क्षेत्रसम्म पाइन्छन् । पानझैँ फिँजारिएको पातका लहरा ठूला रूखका हाँगामा बेरिएर फैलिने हुन्छ । हरियो वा खैरो बोक्रा भएको डाँठ काट्ने हो भने त्यसभित्र चक्राकार स्वरूप देखिन्छ । बर्खामासमा पहेँलो  फूल फुल्ने गर्छ ।हिउँदमा यसमा  रातो फल लाग्ने गर्दछ ।

यसमाऔषधीय गुणको टिनोस्पोरिन, टिनोस्पोराएड, कर्डिफोलाइड्स, कर्डिफोल, पिक्रोटिन, बरजेनिन लगायतका बहुउपयोगी रासायनिक तत्व पाइने बताइन्छ। मानव कोष र नमुना प्राणीहरूमा गुर्जोको परीक्षणले विभिन्न खाले क्यान्सरमा फाईदा पुग्ने परिक्षणबाट पत्ता पनि लागेको छ ।

आयुर्वेदका ज्ञाता बालकृष्ण आचार्य गुर्जोको सही तरिकाले प्रयोग गर्न सल्लाह दिनुहुन्छ । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उहाँले बताउनुभयो । कमलपित्त तथा कलेजोसम्बन्धी समस्यासँगै भाइरसको सङ्क्रमणविरुद्ध गुर्जोले लड्न सक्ने क्षमता बढाउने उहाँले बताउनुभयो । जुनसुकै वातावरणमा उब्जन सक्ने गुर्जो घरको गमलामा पनि खेती गर्न मिल्छ ।

कोरोनालगायत भाइरसको उपचार हाम्रै वरपर र भान्साभित्र पाइने नेपाली आयुर्वेद चिकित्सकहरुले दावी गर्न थालेका छन् । गुर्जोको पातभन्दा डाँठको गुदीमा बढी औषधि हुने बताइन्छ ।

गुर्जो बाहेक टिमुर, बेसार , लसुनले पनि यस्ता भाइरसजन्य सङ्क्रमण कम गर्न सघाउने विज्ञहरु बताउछन् । मूत्र विकार, जन्डिस, पायल्ससँगै एन्टिबडी निर्माण गर्न महसँग मिसाएर खादा फाईदा हुने बताइन्छ । यसलाई मसलासंग मिलाएर भान्सामा खानासंग खाँदा पनि थुप्रै फाईदा पुग्ने हुन्छ ।

घरको भान्सामा  पनि जडीबुटीयुक्त बनाउन सुझाव विज्ञहरुबाट आएको छ । विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको अवस्थामा नेपालीले यो उपायहरु अपनाउन उपयुक्त हुने देखिन्छ। खोप वा कुनै उपचार पद्धति विकास भइनसकेको भएपनि यस्तो पद्धती अपनाउदा धेरै हदसम्म ढुक्क हुन सकिने देखिन्छ। गुर्जाे जहराबारे नेपालकाे प्रतिष्ठत सञ्चार माध्यमहरूमा प्राथिमकतासाथ समाचार पनि प्रकाशन भइरहेका छन् ।

खानपान र रहनसहनलाई सरकारले पछिल्लो समय कोरोनाबाट बच्ने पहिलो प्राथमिकता भनेसंगै अव नेपाली जनजीवन यस किसिमले अगाडी बढ्न सुझाव छ । नेपाल प्राकृतिक हिसावले धनी, जैविक विविधता भएको देश । जडिबुटिको देश भएकाले जडिबुटि चिनेर सेवन गर्नसके आप्mनै देशमा उपचार अनि औषधि प्राप्त हुने देखिन्छ । यसका लागि नेपाल सरकारले पनि अनुसन्धान र प्रयोगमा उच्चतम अभ्यास र प्राथमिकता दिनुपर्ने विज्ञहरुको भनाइ छ ।