Sunday, June 21News That Matters

नेपालमा भारतीय भेरियन्ट सँगै अन्य तिन किसिमको भेरियन्ट फैलिएको पुष्टि

पूर्णपुष्टि, जेष्ठ ४

नेपालमा भारतीय भेरियन्ट फैलिएको पुष्टि भएको छ । भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो । भारतीय भेरियन्ट सँगै अन्य तिन किसिमको भेरियन्ट हाल नेपालमा फेलिरहेको मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।