
पूर्णपुष्टि, बैशाख २१
नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या हाल सम्मकै उच्च रहेको छ । पछिल्लो २४ घण्टामा नेपालको देशभरका ५५ संक्रमितहरुको ज्यान गएको छ । संक्रमणको दर बढ्दै गएपछि मृत्यु दर पनि दैनिक बढेको छ ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंगलबार ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार १ सय ३१ पीसीआर परीक्षणबाट ७ हजार ५ सय ८७ जनामा कोरोना संक्रमण देखिएको हो ।
