
पूर्णपुष्टि, बैशाख १६ गते ।
नेपाल सरकारलाई यूरोपेली संघले नौ अर्ब ८० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन संघले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो ।
कोरोनाको महामारीलाई परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक पुनरुत्थानमा सदस्य राष्ट्रलाई सघाउन २० अर्बभन्दा बढी यूरोको ‘टिम यूरोप प्याकेज’ स्थापना गरिएको नेपालमा रहेको यूरोपेली संघ प्रतिनिधिमण्डलले जनाएको छ ।
आगमी वैशाख २२ गते कोरोना विरुद्धको खोप विकास गर्न विश्वव्यापी रूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले अनलाइन प्रतिबद्धता सम्मेलन गर्ने जनाइएको छ ।
