Friday, May 15News That Matters

नेपाली दूतावासले रोक्यो मागपत्र प्रमाणीकरणको काम

पूर्णपुष्टि, चैत ३ गते । 

नेपाली दूतावास यूएईले श्रमिकको मागपत्र प्रमाणीकरणको काम बन्द गर्ने भएको छ । कोरोनाको जोखिमका कारण श्रमिकको मागपत्र प्रमाणीकरणको काम मंगलबारदेखि बन्द गर्ने भएको हो ।

अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द रहने यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । ट्राभल डकुमेन्ट, शव नेपाल पठाउने, एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउनेजस्ता आवश्यक सेवा भने दूतावासले दिनेछ ।

सरकारले फागुन २९ गतेदेखि विदेश जाने नेपालीको हकमा श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले समेत श्रम र कन्सुलर सम्बन्धीका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।