Sunday, June 28News That Matters

नेप्से परिसूचक ५१ अंकले घट्यो

पूर्णपुष्टि, चैत १ 

आज सेयर बजार ५१ अंक भन्दा धेरैले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै समूह घटेका छन् ।

सेयर कारोबार मापक नेप्से परिसूचक ५१.२३ अंकले २ हजार ४ सय ७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १०.१० अंकले ४ सय ३५.१३ अंकमा झरेको छ ।

कारोबार रकम ५ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ६० हजार ९ सय ७३ कारोबारबाट २ सय ११ कम्पनीका ९९ लाख ३ हजार ७ सय ४ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १ सय ९५ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।