Wednesday, May 20News That Matters

नेप्से सामान्य अङ्कले बढ्यो

पुर्णपुष्टि, असोज २६

आज नेप्से परिसूचक सामान्य बढेको छ । हिजो १३.३७ अङ्कले घटेको नेप्से आज १.७४ अङ्कले बढेर १५ सय ७८ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
त्यस्तै ’क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३७ अङ्कले बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ७९.१२ अङ्कले बढेको छ । बैंक, व्यापार, होटल र माइक्रोफाइनान्स समूहमा पनि सुधार आएको छ ।

दिनभर एक अर्ब ९४ करोड ९० लाख रुपैयाँ बराबरका ६८ लाख १५ हजार कित्ता शेयर किनबेच भएका छन् । सोमबार मुक्तिनाथ विकास बैंक लिमिटेडको सबैभन्दा धेरै १६ करोड ५० लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

बजार सामान्य बढेको दिन मुक्तिनाथ विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले भने ६ प्रतिशत गुमाएका छन् ।