Tuesday, May 5News That Matters

नेस्पेकद्धारा ३ कृषक समूहलाई कृषिऔजार वितरण

दुर्गा एसके

उदयपुर/मुर्कुची साउन ३२ गते ।

उदयपुरको मुर्कुचीमा नेस्पेक उदयपुरले तीन कृषक समूहलाई कृषी औजार वितरण गरेको छ । रौतामाई गाउँपालिका – ७ मुर्कुचीका तीन कृषक समूहलाई दुई थान हाते ट्याक्टर र १० थान टनेला वितरण गरेको हो ।

कृषकलाई प्रदान गरीएको एक लाख ५० हजर बराबरको ७ हस पावरको ट्याक्टर र १० जना कृषकको लागी २ ला ५० हजार बराबरको टनेला प्लाष्टीक वितरण गरिएको नेस्पेक उदयपुरको बजार संयोजक रामकुमारी राईले बताईन् ।

वल्र्डभिज  र नेस्पेकको साझेदारी कार्यक्रम अन्तर्गत  उक्त सामाग्री वितरण गरिएको राईले बताईन । कृषी प्रणालीमा सुधार गर्नका लागि आधुकिन प्रविधिबाट ताजा र अर्गानिक तरकारी उत्पादन गरी जिविकोपार्जमा टेवा पु¥याउने उद्देश्यले कृषी औजार वितरण गरिएको उनले बताईन् ।

परम्परागत प्रविधिबाट खेती गर्दा ढिलो र उत्पादन कम हुने भएकाले आधुनिक प्रविधि अपनाउनका लागि कृषी सामाग्री उपलब्ध गराएको राईले बताईन् । कृषकहरुले उत्पादन गरेको तरकारीहरु मुर्कुची, नेपालटार र गाईघाटको बजारहरुमा पुगेको उनले बताईन् ।

विपन्न र आर्थिक स्तर कमजोर भएका परिवारको आर्थिक स्तर उकास्नका लागि नेस्पेकले साविकको १३ वटा गाविस (हाल) रौता, उदयपुरगढी, लिम्चुङ्बुङ,ताप्ली गाउँपालिका र त्रियुगा, कटारी नगरपालिकाको १८ वटा वडामा काम गर्दै आएको नेस्पेकको फिल्ड अधिकृत शेरबहादुर कार्कीले बताए ।