
पूर्णपुष्टि, कात्तिक २१
धादिङका पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ । किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचारको क्रममा ७९ वर्षका पत्रकार वर्माको निधन भएको हो ।
उहाँ उच्च रक्तचाप र निमोनियाबाट पीडित हुनुहुन्थ्यो । उहाँ केही दिनअघि कोरोना सङ्क्रमणबाट भने निको हुनुभएको थियो । नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउनुभएको थियो ।
गोरखा पुर्ख्यौली थलो भएर धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।
