Sunday, July 12News That Matters

पत्रकार माहासंघ उदयपुरको १२ औँ बार्षिक साधारणसभा भव्य सम्पन्न

पूर्णपुष्टि, पुष ३
नेपाल पत्रकार माहासंघ उदयपुरले १२ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । आईतवार गाईघाट स्थित रत्न होटलमा औपचारीक कार्यक्रम र बन्दसत्र कार्यक्रम गरी साधारणसभा सम्पन्न गरेको हो । साधारण सभामा बिभिन्न बुदामा निर्णयहरु पारित गरिएको छ । नेपाल पत्रकार माहासंघका केन्द्रीय सदस्यहरु भिषण राई र अमर खड्का प्रमुख आथित्यतामा साधारणसभाको उद्घाट नगरिएका थिए । साथै नेपाल पत्रकार माहासंघ प्रदेश नं १ का अध्यक्ष लिलावल्लभ घिमिरे, उपाध्यक्ष हिमा चेम्जोङ, बरिष्ठ पत्रकार कौशल चेम्जोङ लगायतको उपस्थिति रहेका थिए ।