Wednesday, June 10News That Matters

पत्रकार राईलाई धम्की दिने वडाअध्यक्ष विरुद्ध माहासंघको बिज्ञाप्ती

पूर्णपुष्टि,माघ २८। गढीखबर दैनिकका संञ्चालक राजेन्द्र दुष्टलाई ज्यान मार्ने धम्की दिने चौदण्डीगढी नगरपालिका वडा नं ९ का वडाअध्यक्ष तथा प्रवक्ता प्रकाश कुमार राउतलाई कार्वाहीको माग गर्दै विज्ञाप्ती निकालिएको छ । नेपाल पत्रकार माहासंघ उदयपुर शाखाले २५ गते नै उक्त बिज्ञाप्ती निकालेको हो ।

माघ १४ गते स्थानीय खोलामा अबैध रुपमा नदी दोहन भैरहेको भन्ने सूचना आएपश्चात समचारका लागि सोही ठाउँ पुगेका राईमाथी दुव्र्यवहार भएको बिज्ञाप्तीमा उल्लेख गरिएको छ । उक्त घटनामा पत्रकार राईको क्यामेरा र मोवाईलमा समेत क्षती पुगेको छ । माहासंघले क्षती पुगेको सामानको क्षती पुर्ति र घटनामा संलग्न वडाअध्यक्ष राउतमाथी हदै सम्मको कार्वाहीको माग राखेको छ ।

समाजमा हुने विकृति विसंगतीको आवाज उठाउन पत्रकारको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै स्थानीयहरुको सूचनाको आधारमा पत्रकार राई त्यस ठाउँमा पुगेका थिए । उक्त घटनाको विरोध गर्दै, आदिवासी जनजाति पत्रकार माहासंघ (फोनिज) किरात पत्रकार संघ र तामाङ पत्रकार संले पनि संयुक्त बिज्ञाप्ती निकाल्ने तयारी गरेको छ ।