
पूर्णपुष्टि, साउन २६
पर्साको वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीकी ४५ वर्षीया एक महिलामा मृत्युपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
महिलाको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा हिजो मृत्यु भएको अस्पतालले जनाएको छ ।
हिजो कोरोना परीक्षणका लागि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशाला पठाइएकोमा आज सार्वजनिक भएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उच्च रक्तचाप र हाइपोथाइराइडबाट सङ्क्रमित महिलालाई कोरोना आशंकामा हिजो गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालको आईसीयू कक्षमा उपचारका क्रममा उहाँको मृत्यु भएको जनाइएको छ ।
