
बैशाख ९
कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणलाई पशुपतिनाथ दर्शनमा रोक लगाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले विज्ञप्ति जारी गर्दै भोलिदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाइने जनाएको छ ।
नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण नेपालमा समेत बढ्दै गइरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि कोषले मन्दिर दर्शनमा रोक लगाउने निर्णय लिएको जनाएको छ ।
