
पूर्णपुष्टि, फागुन २०
आज देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । योसँगै केही पहाडी क्षेत्रको मौसममा आंशिक बद्ली भइ केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकीसहित, प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात पनि हुने जनाएको छ ।
