
पूर्णपुष्टि, चैत २
आज देशका केही पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको छ ।
केही पहाडी क्षेत्रमा बेलुकीपख मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रि–मनसुनको सिजन भएकाले बिहानीको समयमा घाम लागेर मौसम सफा भए पनि बेलुकीपख पहाडी क्षेत्रमा चट्याङसहित पानी पर्ने गरेको छ ।
आज कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने जनाएको छ ।
पश्चिमीसँगै स्थानीय वायुको प्रभाव पनि रहेको छ ।
