Wednesday, June 17News That Matters

पहाडी भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

पूर्णपुष्टि,फागुन १७ । नेपाल पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी वायुमा सामान्य प्रभाव रहेको भएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली बाँकी भू(भागमा बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।