Monday, June 29News That Matters

पहिरोले घर पुरिदा ४ जनाको मृत्यु

पूर्णपूष्टि, असार २६

कास्कीको दुई ठाउँमा पहिरोले घर पुरिदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । पोखरा महानगरपालिका–१८ गोठादीमा टंकबहादुर थापाको घर पहिरोले पुरिंदा ३ जना र हेम्जाका रामचन्द्र अधिकारीको घर पहिरोले पुरिंदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान करिब ३ बजे आएको पहिरोले ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान खुल्न सकेको छैन । पुरिएको घरमा हिजो जन्मदिन उत्सव भएको र जन्मदिन मनाउनका लागि केही आफन्तहरु पनि आएका  स्थानीयले बताएको प्रहरीले जनाएको छ ।

घर पूर्ण रुपमा पहिरोले पुरिएको छ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगिसकेको भने घाइतेलाई पोखराको मणिपाल अस्पताल र पश्चिमाञ्चल अस्पताल पठाईएको छ ।

पानी लगातार परिरहेकाले थप अरु घर पनि जोखिममा छन् । यस्तै पोखराकै हेम्जामा रहेको रामचन्द्र अधिकारीको घर पनि पहिरोले पुरिंदा उहाँकी आमा हिमकलीको मृत्युभ एको प्रहरीले जनाएको छ ।