Friday, May 22News That Matters

पहिरोले नारायणगढ–मुग्लिङ सडक बन्द

पूर्णपुष्टि, भदौ २६

वर्षापछि आएको पहिराले नारायणगढ–मुग्लिङ सडक बन्द भएको छ ।
चितवनको कालीखोलामा पहिरो खसेपछि बिहानैदेखि सडक बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक बन्दपछि सयौँ गाडीहरु विच बाटोमै रोकिएका छन् ।

ठूलो पहिरो झरेकाले सडक खुल्न समय लाग्ने प्रहरीले जनाएको छ । वर्षौँदेखि पहिरोका कारण प्रभावित हुँदै आएको यो सडक एसियाली विकास बैंकको सहयोगमा विस्तार भइसकेको छ । तर पनि पहिरोले दुःख दिन छाडेको छैन ।