Friday, May 8News That Matters

पहिरोले १८ घर बगाउँदा ७ जना बेपत्ता

पूर्णपुष्टि, असार २०

बझाङमा पहिरोले गाउँ नै बगाउँदा ४ घरका ७ जना बेपत्ता भएका छन् । केदारस्यूँ गाउँपालिका–८ मल्लेसमा पहिरोले १८ घर बगाउँदा ४ घर परिबारका सात जना बेपत्ता भएका हुन् ।

गतराती करिब १ बजे अबिरल बर्षा संगै गाउँको माथीबाट पहिरो आउन थालेपछि गाउँलेहरुको भागा भाग भएको थियो । पहिरोमा परेर ४४ वर्षीया रामदेबी जेठारा, उहाँकी १५ बर्षया छोरी शान्ति जेठारा , ७ बर्षीया छोरी अस्मिता जेठारा र ११ बर्षिय छोरा प्रयाग जेठारा रहेका छन् भने नबराज जेठाराकी ११ बर्षीया छोरी सन्तुकुमारी जेठारा , प्रेम जेठाराका २० बर्षीय छोरा गिरिजा जेठारा र ८० बर्षीय दले जेठारा बेपत्ता भएको स्थानीयले बताएका छन् ।

सबै भन्दा माथि मेरो घर भएकाहरुले पहिरो आएको थाहाँ पाउना साथ तत्काल गाउँमा सबैलाई डाँको लगाएर भाग्न भने पछि सबै भागे पनि बेपत्ता भएका चार परिबारको घर गाउँको सबै भन्दा तल भएकाले घरबाट भागदौड गर्दा पहिरोले बगाएको स्थानीयहरुले बताएका छन् ।

अहिले पनि गाउँमा पहिरो बग्न रोकिएको छैन् । गाउँको वरिपरि दुई वटा खोलामा पानी बढी भएकाले तत्काल प्रहरी जना नसकेको जनाईएको छ । अहिले सदरमुकाम चैनपुरबाट प्रहरी सहित ससस्त्र प्रहरीको टोली समेत त्यस क्षेत्रमा गएको छ ।

पहिरोले १८ घर, गाई, भैसी सवै बगाएको छ । क्षतीको आधिकारीक बिबरण भने आउन सकेको छैन् ।