पूर्णपुष्टि,पुष २० । घर आगलागीमा परी पाँचथर फिदिम नगरपालिका ८ का २ जनाको मृत्यु भएको छ । घमाउनेटारका स्थानीय मेगबहादुर गुरुङको घरममा आगलागी हुँदा उनकी छोरी र बुहारीको घट्ना स्थलमै मृत्यु भएको हो ।
घरमा सुतेको अवस्थामा २ जनाकोमा २ जनाको मृत्यु भएको र २ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डिएसपी) हरि खतिवडाले बताए । मृत्यु हुनेमा गरुङकी बुहारी २३ वर्षीय आसान सिंह थेवे र २२ वर्षी छोरी ममता गुरुङ रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट डीएसपी खतिवडा नेतृत्वको टोली पुगेर आगो नियन्त्रणसँगै उद्धार गरेको थियो । आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागी कसरी भयो भन्ने कारण अझै सम्म पनि खुलेको छैन ।
