
भदौ २९ गते ।
नेपालमै पहिलो पटक ललितपुरको नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्टहरुले पाठेघरमा भएको फाइबरलाई युटेराइन आर्टरीको इम्बोलाइजेसन गरी उपचार गरेका छन् ।
पाठेघरलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी फाइबरलाई निष्क्रिय पार्ने यो पद्वतिलाई युटेराइन आर्टरी इम्बोलाइजेसन भनिन्छ । यस्तो खालको उपचार यसअघि नेपालमा नभएको र पहिलो पटक सफल भएको चिकित्सकहरुले बताएकाछन् ।
सफल इम्बोलाइजेसन प्रक्रियामा नेपाल मेडिसिटी अस्पतालको रेडियोलोजी विभाग प्रमुख डा. राम कुमार घिमिरे, इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. ओम बिजु पन्त, एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल भट्टराई र डा. हेमन्त अधिकारी संलग्न थिए ।
इम्बोलाइजेसनले ट्युमरमा रक्तसञ्चार बन्द गराइ ट्युमरलाई घटाउँदै लैजाने काम गर्ने चिकित्सकहरुले बताए । यो बहुसंख्यामा ट्युमर भएको एक ३७ वर्षिय महिलामा गरिएको हो ।
