
बिराटनगर, श्रावण १९ गते ।
भोजपुर र ईलाममा पानीमा डुबेर २ जनाको मृ*त्यु भएको छ । भोजपुरको अरुण गाउँपालिका(७ का ३१ बर्षीय गोविन्द कोईरालाको स्थानीय हङग्ग्रिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृ*त्यु भएको छ । प्रहरीलाई खबर आय लगत्तै जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी घटना स्थल तर्फ पुगी कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।
यसैगरी ईलामको माई नगरपालिका (२ का ६१ बर्षीय मकरध्वज योङहाङ लिम्वु जुकेघाडीजंगलको भित्रि सडक खण्डमा सडक छेउमा रहेको पानी जमेको खाल्डोमा डुबी रहेको अवस्थामा मृ*त फेला परेका छन् ।
आईतवार राती पौने ८ बजेको समयमा योङहाङ मृ*त अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली घटना स्थल तर्फ गई कानूनी प्रकृया पुरा गरी शव परक्षिणको लागी मेची अस्पताल चन्द्रगढी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यो पनि पढ्नुस
खोलाले बगाएर १ जनाको मृ*त्यु
धनकुटाको साँगुरीगढी गाउँपालिका(३ की ७७ बर्षीया सरस्वती गुरुङ याक्खाको खोलाले बगाएर मृ*त्यु भएको छ । आईतवार दिउसो साँढे ४ बजेको समयमसा रघुवा खोला तर्ने क्रममा अचानक सोही खोलाले बगाउँदा मृ*त्यु भएको खबर प्रहरीलाई आए लगत्तै ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालयले धनकुटाले जनाएको छ ।
