
पूर्णपुष्टि, चैत्र ३१
राप्रपाले उदयपुरमा पहिलो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । मंगलबार गाईघाटको ए वान होटलमा पूर्व भुमिसुधार मन्त्रि तथा अञ्चल प्रशासक राम कुमार सुब्बाको पूमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । ३ ओटा पार्टि एकिकरण पश्चात देशभर नै प्रथम अधिवेशन सम्पन्न गर्ने क्रममा उदयपुरमा पनि अधिवेशन सम्पन्न गरेको हो ।
राप्रपा कमल थापा, राप्रपा प्रकाश चन्द्र लोहनी र राप्रपा पशपपति शम्सेर जबरा रहेको पार्टी हाल एकीकरण गरी एउटै पार्टी निर्माण भएको पार्टीका नेता धुर्व रायमाझीले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सुब्बाले उदयपुरे जनताहरुले राप्रपा प्रति देखाएको उत्साह र जोस जागरलाई सरहनिय र अतुलनिय रहेको व्यक्त गर्नुभएको छ । उहाँले सम्पर्ण पार्टीका कार्यकर्ताहरुलाई प्रोत्साहन गर्दै आफ्नो पार्टीले जनताहरुको मन जित्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पछिल्लो समय राजनितिक अस्थिरता बाट वाक्क बनेका जनताहरुले फेरी पनि राप्रपालाई विश्वास गर्ने र पहिलो पार्टी बनाउनेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा पार्टीका नेता दत्त नारायण केसी, धुर्ब रायमाझी राम थापा लगायतले राज संस्था सहितको प्रजातान्त्रिक शासन व्यवस्थाको मुल उदेश्य र दिर्घकालिन धारणा व्यक्त गर्नुभयो ।
अब पार्टी नफुट्ने र मजबुद भई अगाडी बढ्न पार्टी एकिकरण गरी प्रथम अधिवेशन सफल पारेको पनि वक्ताहरुले बताउनुभयो ।
काजि बहादुर बस्नेतको साभापतित्वमा संञ्चालन भएको कार्यक्रममा धुर्व रायमाझी निर्विरोध जिल्ला पार्टी अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
समितिले २६ सदस्यीय समितिको निर्माण गर्ने भएको छ । हाल अध्यक्ष र सदस्यहरु भने चयन भईसकेको र यसै समितिको बैठक बाट उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष चयन गर्ने भएको छ ।
