
ताप्लेजुङ, पुस २५ गते ।
ताप्लेजुङको मिक्वाखोलामा पिकअप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । गतसाँझ ६ बजे पिकअप दुर्घटना हुदा मिक्वाखोला गाउँपालिका–२ निबासी ३५ वर्षीय पवित्रा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सदरमुकामबाट लिवाङ तर्फ जादै गरेको मे १ च ६६०६ नम्बरको पिकअप गाडी ट्रनिङ काट्ने क्रममा एक्कासी सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना हुदा थापाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पिकअप चालक दिपक थापा गम्भिर घाईते भएकाले उनको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
