Tuesday, June 2News That Matters

पुरुष भलिवलको फाइनल खेल १० र १५ नं वडाले खेल्ने

पूर्णपुष्टि, फागुन २९

प्रथम त्रियुवा नगर खेलकुद महोत्सवको पुरुष भलिवल तर्फ त्रियुगा नगरपालिका १५ र त्रियुगा नगरपालिका १० फाईनलमा प्रवेश गरेको छ ।

त्रिनपा १० बोक्से खसि बजारमा जारी वलिवल प्रतियोगिताको पुरुष तर्फ यी २ वडाले भोलीको फाइनल खेल खेल्ने छ । नगरपालिका भरिका बिभिन्न वडाहरुको सहभागीमा जारी पुरुष भलिवल प्रतियोगिताबाट १५ र १० ले भोली फाइनल खेल खेल्ने आयोजकले जनाएको छ । शनिवार सेमि फाईनल सम्मको खेलमा १५, १०, ७ र १६ नं वडा गरी ४ ओटा टिमले खेलेका थिए ।

४ टिमको प्रतियोगिता बाट फाइनलमा १५ र १० प्रवेश गरेको हो । १५ नं वडाले १६ नं वडालाई बेस्टव फाईभको अन्तिममा ७ मै रोकेर आफ्नो जित सुरक्षित गरेका थिए ।

यता १० नं वडाले ७ नं वडालाई १९ अंकको मात्रै अवसर दिए । बेस्टव फाईको अन्तिममा १९ – २५ मा १० नं वडाले आफ्नो फाइनल खेल सुरक्षित गरे ।

महिला भलिवलको फाइनल आईतबार बिहान ८ बजे बाट हुने छ भने पुरुष तर्फको फाईनल खेल दिउँसो १ बजेबाट  सुरु हुने आयोजकले जनाएको छ ।