Saturday, June 6News That Matters

पूर्णपुष्टि/हेडलाईन्स् | 2077-03-22

नेपालमा आज थप १ सय ८० जनामा कोरोना संक्रमित पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

-*-

उदयपुरमा कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य जिवन कार्यक्रमण । सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य शाखा निर्देशनालय १ नम्बर प्रदेशको आयोजनामा सोमबार गाईघाटमा कार्यक्रम भएको हो ।

-*-

 

दाङमा २ लाख ३९ हजार रुपैयाँसहति ९ जना जुवाडे पक्राउ । तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर पार्क नजिकैको एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित जुवाडेहरुलाई पक्राउ गरेको हो ।

-*-

वैदेशिक रोजगारीमा जान आज ४ सय १० जनाले पुनः श्रम स्वीकृति लिए । सरकारले बिदामा आएका,भिसा र करारको अबधि भएकालाई पुनः श्रम स्वीकृति दिने गरी खुल्ला गरेसँगै सोमबार मात्रै १९ देशका लागि ४ सय १० जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

-*-

त्रियुगा नगरपालिका–११ सुविदा टोलमा गतराती चोरी । ढोका बाहिर मान्छे सुतेको मौका छोपी मोवाईल र पैसा चोरी भएको हो ।

-*-

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाई उदयपुरले आइतबार ५० प्रतिशत अनुदानका साना मेसिनरी औजार वितरण गरेको छ ।

-*-

लिम्चुङबुङ गाउँपालिकाले अध्यक्ष कृषि परियोजना अन्तर्गत सतप्रतिशत अनुदानमा बोयर जातको बोका कृषकहरुलाई आइतबार वितरण गरेको छ ।

-*-

रौतामाई गाउँपालिकाका विपन्न तथा गरिब ५७ घर परिवारलाई कृषी सामाग्री हस्तान्तरण । कोरोनाले प्रभावित भएका कृषकहरु मध्ये अतिविपन्न र गरिब घर परिवारको पहिचान गरी वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र नेस्पेक उदयपुरको साझेदारीमा गाउँपालिकाका ६,७ र ८ नम्बर वडाका ५७ घर परिवारलाई सामाग्री हस्तान्तरण गरेको हो ।

-*-

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ ५० रुपैयाँको नोट चलनचल्तीमा ल्याउने भएको छ ।