
कास्कीमा आज थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएकामध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको हो ।
-*-
नेपालमा आज थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको हो ।
-*-
ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना सङ्क्रमण पुष्टि । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।
-*-
नेपालको ५ वटा जिल्ला कोरोना मुक्त भएको सरकारले जनाए । भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ र हुम्लामा संक्रमित नहरको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
-*-
गत चैत, वैशाख, जेठ र असारको विजुली महसुल आगमी साउन ७ गते भित्र तिरे जरिवाना नलाग्ने नेपाल विद्युत् प्राधिकरणले व्यवस्था गरे । प्राधिकरणले गत असार १९ गते साउन ७ गतेभित्र महसुल तिरे सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेको हो ।
-*-
अमेरिका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट औपचारिक रुपमा बाहिरिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको संचारमाध्येमहरुले जनाएका छन् ।
-*-
भोलिदेखि मनसुन थप सक्रिय हुने । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले भोलि रातीदेखि मनसुन थप सक्रिय भइ बाढीपहिरोको जोखिम बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।
-*-
यातायात व्यवस्था विभागले बन्दाबन्दीमा करिब साढे ३ लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापे । चालु आर्थीक वर्षको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ ।
-*-
दाङमा कुलोमा डुबेर एक जनाको मृत्यु । दाङ तुलसीपुर–८ अश्वाराका केशव भण्डारी घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको हो ।
-*-
नेपाल भित्रिएको सलह कीरा सक्रिय हुने सम्भावना हटे । केही दिनदेखि सलहको झुण्ड कतै नदेखिएको र मरेको सलह भेटिएकाले सलह सक्रिय हुने सम्भावना हटेको हो ।
-*-
चीनको गुइझाउ प्रान्तमा जलाशयमा बस डुब्दा २१ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भए । हिजो गुइझाउ प्रान्तको अंसुन भन्ने ठाउँमा पुल तर्दै गर्दा सडक अवरोधका कारण बस पुलबाट जलाशयमा खसेको थियो ।
-*-
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) मा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ । आफू विश्व स्वास्थ्य सङ्गठनको कर्मचारी भएको र जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ लिएर फरार रहेका नवलपरासीको सुस्ताका विजय पाण्डे पक्राउ परेको हो ।
-*-
कोभिड १९ को कारण मारमा परेका उदयपुरको विपन्न तथा गरिब ५ सय ५१ घर परिवारलाई राहत सामाग्री वितरण गरे । लकडाउनले विपन्न तथा गरिब र दैनिकी ज्याला मजदुर गरि खाने ५ सय ५१ घर परिवारलाई जाल्पा विकास समाजले राहत स्वरुप खाद्यन्न वितरण गरेको हो ।
-*-
आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढे । सुनको बढेर तोलामा ९१ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासघले जनाएको छ ।
-*-
भारतसँग सीमा पर्ने बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनसम्म खुल्ने । नेपाल र भारतका स्थानीय प्रशासनको समन्वयमा तीन दिनका लागि सीमा नाका खोल्ने सहमति भएको हो ।
-*-
सिरहामा मास्क नलगाइ हिँड्ने ६४ जनालाई प्रहरीले पक्राउ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
