
नेपालमा आज थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
-*-
विश्वको विभिन्न देशमा कोरोना सङ्क्रमणको गम्भीर बिरामी हुनेको सङ्ख्या घट्दै । केही दिन अघिसम्म कुल बिरामीको २ प्रतिशत बिरामी गम्भीर अवस्थामा पुग्ने गरेकामा अहिले घटेर १ प्रतिशतमा झरेको वल्डोमिटरले जनाएको छ ।
-*-
अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अझै खुलेन । तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
-*-
कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके भयानक अवस्था आउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी । विभिन्न देश गलत दिशामा अघि बढिरहेको भन्दै कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके भयानक अवस्था आउन सक्ने संगठनका निर्देशक डाक्टर टेड्रोज अद्हानोम गेब्रिसियसले चेतावनी दिनुभएको हो ।
-*-
प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारतको भाजपाले निन्दा गरे । भारत सरकारको नेतृत्वकर्ता दल भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको हो ।
-*-
भारतले जीर्ण बन्दै गएको सप्तकोशी ब्यारेजका अधिकांश ढोका थुनेपछि करिब डेढ लाख नेपाली जोखिममा परे । अविरल वर्षापछि कोशीमा पानीको वहाव खतराको तहमा पुगेपनि भारतले व्यारेजका सवै ढोका नखोल्दा प्रदेश १ र २ को सुनसरी, उदयपुर र सप्तरी जिल्लाका विभिन्न बस्तीमा बसोवास गर्दै आएका १ लाख ५० हजार नेपालीको ज्यान जोखिममा रहेको हो ।
-*-
प्यूठानमा कृषकहरुले टिन, थाल ठटाएर सहल किरा भगाउन थाले । सोमबार विहानदेखि पुन सलह किरा गाउँमा प्रवेश गरेपछि मकै र तरकारी लगायतका अन्नबाली जोगाउन किसानहरुले टिन र थाल ठटाउँदै भगाउन थालेका हुन् ।
-*-
धरहराको १० औँ तला ढलानपछि रोकिएको टावर निर्माणको काम २÷३ दिनमा सुरु हुने । लकडाउनका बेला धरहरामा टावरबाहेक अरु काम हुँदै आएकोमा करिब साढे ३ महिनापछि टावरको काम सुरु हुने भएको हो ।
-*-
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा पहिरोमा परि हराएका ११ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
-*-
बैतडीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका २ शिक्षकलाई तलब दिएको खुले । दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि कारवाही गर्नुको साटो तलब भत्ता दिएको पाए पाईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
-*-
डोटीमा साढे ३ करोड ऋण पास गरिदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा २ जना पक्राउ । आदर्श गाउँपालिका–३ की ३५ वर्षीया सञ्जाकुमारी कठायत रोकाया र दार्चुला जिल्लाको लेकम गाउँपालिका–१ का ३२ वर्षीय पदमराज भट्ट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
-*-
कैलालीको एक गाउँपालिकाका सुचना अधिकारी घुससहित पक्राउ । जोशीपुर गाउँपालिकाका सूचना अधिकारी सिद्धराज जोशी घुससहित पक्राउ परेको हो ।
-*-
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ घुससहित पक्राउ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित बेसक्याम्पभित्र रहेको निवासबाट ९ लाख ३४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
-*-
मालपोत कार्यालय सप्तरीका एक जना कर्मचारी रङ्गे हात पक्राउ । सेवाग्राहीसँग १३ हजार घूस लिदै गरेको अवस्थामा कार्यकक्षबाटै नायव सुब्बा कृष्णबल्लभ ठाकुर पक्राउ परेको हो ।
-*-
नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर सिंहको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलेको छ ।
-*-
कटारीको त्रिवेणी माध्यामिक विद्यालयलाई परियोजनाले प्रविधि हस्तान्तरण गरे । परियोजना कार्यान्वयन ईकाई उदयपुरले प्राविधिक शिक्षालय संचालन सहयोग कार्यक्रम वापत प्रविधि हस्तान्तरण गरेको हो ।
-*-
अविरल वर्षापछि आएको पहिरोमा परि स्याङ्जामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते । कालीगण्डकी गाउँपालिका–४ खहरे लाँकुरीथोकमा पहिरोले पुरिंदा बिर्घाका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
-*-
आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटे । सुन तोलमा १ सय रुपैयाँले घटेर तोलाको ९२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
-*-
बाँकेका घरेलु तथा साना उद्योग कार्यालय उद्योग अधिकृत घुस रकमसहित पक्राउ । वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मङ्गलबार रङ्गे हात पक्राउ गरेको हो ।
-*-
१ नम्बर प्रदेशमा करिब ७० प्रतिशत रोपाई सकिए । गत आईतबार साँझसम्म प्रदेशभर ६९.८३ प्रतिशत रोपाई भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय १ न. प्रदेशले जनाएको छ ।
-*-
कोरोनाको कारणले गर्दा यस वर्षको राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा हुने । अन्तर्राट्रिय युबा दिबस २०२० को अबसरमा रास्टिय युबा सम्मेलन २०२० भर्चुअल रूपमा ४ दिन हुने भएको हो ।
-*-
कोरोना महामारीले रोकिएको अष्ट्रेलियाको शीर्ष डिभिजनको हुन्डाई ए लिग फुटबल शुक्रबारदेखि हुने । फुटबल फेडेरेसन अष्ट्रेलियाले कोरोना भाइरसको महामारीको कारण ४ महिना स्थगित लिग शुक्रबार अर्थात जुलाई १७ देखि हुने जनाएको हो ।
