
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि । म्याग्दीका ६ जना, बाग्लुङका २ जना, नवलपरासी सुस्ता पूर्वका २ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
-*-
पाल्पामा थप १ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि । योसँगै पाल्पाका कोरोना संक्रमितको संख्या ३ सय ६९ पुगेको छ ।
-*-
आज नेपालमा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
-*-
नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु । योसँगे मृत्यु हुनेको सख्ंया २६ पुगेको छ ।
-*-
आज नेपालमा कोरोना संक्रमित मध्ये उपचारपछि ३ सय १२ जना निको भएर डिस्चार्ज । यो सँगै नेपालमा निको हुनेको संख्या दुई हजार ६ सय ५० पुगेको छ ।
-*-
कोरोना परिक्षणमा धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशाला शत प्रतिशत सही र विश्वसनीय रहेको प्रमाणित । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको छड्के जाँच अर्थात् क्रश भेरिफिकेशनमा धनगढीमा रहेको सेती प्रादेशिक प्रयोगशाला शत प्रतिशत सही र विश्वास योग्य रहेको पुष्टि भएको हो ।
-*-
कोरोना भाईरस संक्रमणको महामारीले बन्द भएको वैदेशिक रोजगारी फेरि खुलाउने सरकारको योजना । बिदामा आएकालाई पुनः श्रम स्वीकृतिसँगै नयाँलाई पनि रोजगारीमा जान दिने सरकारलेनिर्णय गरेको हो ।
-*-
आज विहान पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाईते । त्रियुगा नगरपालिका–१३ असारी निबासी ४५ वर्षीय कानन चौधरी खेतमा काम गर्न गएको बेला अचानक चट्याङ लागेर घाईते भएको हो ।
-*-
आज विहान सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु । महादेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ लागेर मृत्यु भएको हो ।
-*-
मकवानपुरको बकैयामा चट्याङ लागेर दुई जनाको मृत्यु भएकोे छ भने एक जना घाईते । गतराति चट्याङ लागेर बकैया–२ कालापानीका १७ वर्षया सम्झना घिसिङ र २५ वर्षया बिना घिसिङको मृत्यु भएको हो ।
-*-
मोरङ सुनवर्सी–५ रमनपुर टोलका ७० बर्षीय महादेवलाल दासको चट्याङले लागेर मृत्यु भएको छ ।
-*-
जबरजस्ती करणी गरेर फरार प्रतिवादीलाई प्रहरीले विहिबार विहान घरबाटै पक्राउ गरेको छ ।
-*-
कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यावस्थापन गर्न पोखरामा स्थानीयले विरोध प्रदर्शन । शव व्यवस्थापनमा स्थानीयले रोक्ने प्रयास गरेपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो ।
-*-
कोरोना महामारीको बेला पनि विकास तथा ऊर्जा क्षेत्रका कामलाई निरन्तरता दिइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताउनुभएको छ ।
-*-
कोरोना महामारीको कारण गत मार्चदेखि बन्द रहेको आइफेल टावर १ सय चार दिनपछि पहिलो पटक बिहीबारदेखि खुलेको छ ।
-*-
विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड पुग्न लागेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार बताएको थियो ।
-*-
सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीका २३ बर्षीय मिथुन यादव लागुऔषध सहित पक्राउ परेको छ ।
-*-
सामाजिक सञ्जालबाट चिठ्ठा परेको भन्दै करोडौँ रकम ठगी गर्ने सात जना पक्राउ परेका छन् ।
-*-
कोरोना संक्रमणको कारणले अर्थव्यवस्थाको सुरुवाती अवस्थामा अनुमान गरेको भन्दा ठूलो असर देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले जनाएको छ ।
-*-
ओखलढुङगामा एम्बुलेन्स दुर्घटना हुदा चालकको मृत्यु । लिखु गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा चालक सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
-*-
दाङमा हातहतियारसहित एक जना पक्राउ । घोराही उपमहानगरपालिका–१३, लापेबाट माछे नेपाली भनिने २६ वर्षीय साजन नेपालीलाई भरुवा बन्दुक र पेस्तोलसहित पक्राउ गरेको हो ।
-*-
इंग्लिस प्रिमियर लिगमा लिभरपुल क्रिस्टल प्यालेसमाथि ४ –० को गोलले पछि पार्दै जित हात पारेको छ ।
-*-
आबुधावी र कुवेतबाट तीन सय एक जना नेपाली काठमाण्डौँ आइपुगे । यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १ सय ५२ जना नेपाली काठमाण्डौ आइपुगेका हुन् ।
-*-
सुनसरीको धरान–१५ बाट अवैध हतियारसहित १ जना पक्राउ परेको छ ।
