
सुदूरपश्चिम प्रदेशमा १४ दिनमा २ हजार ४५ जना कोरोना संक्रमित थपिएका छन् ।
-*-
दाङमा आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणमा थप ५८ जना संक्रमण पष्टि भएको हो ।
-*-
आज नेपालमा ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ जना पुगेको छ ।
-*-
आज थप एक जना कोरोना संक्रमितको मृत्यु । ललितपुरमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको हो ।
-*-
विश्वको विभिन्न देशमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड २ लाख नाघेको छ ।
-*-
भारतबाट नेपालमा प्रवेश गरेको सलह किरा पश्चिम तिर सर्ने विज्ञहरुले अनुमान गरेका छन् ।
-*-
शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा बर्दिया पुग्यो । बर्दियाको गेरुवा गाउँपालिका– १ बगैपुरको धान खेतमा सलह देखिएको हो ।
-*-
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको जीविका र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधार कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि हुदा मात्रै कोरोनाले अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताउनुभएको छ ।
-*-
उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सरकारले सशस्त्र प्रहरीको उपस्थिति बढाउँदै लगेको छ ।
-*-
कतारको दोहा र मलेसियाको क्लालाम्पुरबाट २ सय ९० जना नेपाली काठमाण्डौँ आइपुगे । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत कतारको दोहाबाट १ सय ५१ जना र मलेसियाको क्लालाम्पुरबाट १ सय ३९ जना नेपाल आईपुगेका हुन् ।
-*-
१७ औँ राष्ट्रिय धान दिवस मुलुकभरी नै मनाइए । उदयपुरमा भने यो बर्षको धान दिवस त्रियुगा नगरपालिका १३ नं वडामा भव्यताका साथ सम्पन्न भयो ।
-*-
झापाको गौरादह–४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी लागुऔषध सहित पक्राउ परेको छ ।
-*-
ताप्लेजुङमा एक बालक कुलोमा डुबेर मृत्यु । श्रीजघां–१ जौबारीका ७ बर्षीय रबिन दर्जीको कुलोमा डुबेर मृत्यु भएको हो ।
-*-
एफए कप फुटबलको सेमिफाइनलमा चेल्सी प्रवेश । क्वाटरफाइनलमा लेष्टर सिटीलाई १ –० गोलले पछि पार्दै चेल्सी फाईनलमा प्रवेश गरेको हो ।
-*-
वर्षासँगै पहिरो खसेपछि दाङको घोराहीबाट रोल्पाको होलेरी जोड्ने सडक खण्ड अवरुद्ध भएको छ ।
-*-
लिम्चुङ्बुङ गाउँपालिका– ५ जाँतेले आगामी आर्थीक वर्ष २०७७/०७८ को लागी नीति, कार्यक्रम तथा बजेटेमा पहिलो प्राथमिकता भौतिक पूर्वधारलाई दिएको छ ।
-*-
भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ ।
