
पूर्णपुष्टि, साउन २९
अविरल वर्षापछि आएको पहिरोले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । वर्षापछि कपिलवस्तुमा पहिरो जाँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।
कपिलवस्तुको धानखोला नजिकै दोबाटामा पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बिहान ५ बजेदेखि अवरुद्ध सडक खुल्न अझै केही घण्टा लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
