Friday, July 3News That Matters

पृथ्वी राजमार्ग तत्काल नखुलेपछि हेलीकप्टर बाट विरामीको उद्धार

पूणर्पुष्टि, साउन, ६

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गमा अलपत्र परेका विरामीको हेलीकप्टर देखि उद्धार गरिएको छ । तत्काल राजमार्गको सडक नखुलेपछि सिम्रिक एयरको हेलीबाट बिरामिलाई काठमाण्डौँ लगिएको छ ।

धादिङ र चितवनको सीमाना मौवाखोलाबाट मंगलबार बिरामीलाई काठमाडौं ल्याइएको हो । ती बिरामी सोमबार बिहानदेखि मौवाखोला नजिक सडकमै थिए । मंगलबारको बाढीले मौवाखोला पुलको धादिङतर्फ करिब १५ मिटर सडक बगाएपछि सडक अवरूद्ध अवस्थामा छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आज दुइटा हेलिकप्टरले उडान अनुमतिका लागि सिफारिस मागेको जानकारी दिए । ‘राजमार्गमा रोकिएका बिरामीहरू उद्धार गर्न अनुमति माग भएकोमा गृहमा सिफारिस दिएका थियौं,’ प्रजिअ भट्टराईले सेतोपाटीसँग भने, ‘दुइटा एम्बुलेन्समा रहेका बिरामीको आज उद्धार गरी काठमाडौं लगिएको छ ।’उनीहरू दम र प्यारालाइसिसका बिरामी रहेको आफूलाई जानकारी आएको पनि उनले बताए ।