Tuesday, July 7News That Matters

पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिने निर्णयप्रति आदिबासी महासंघको विरोध

पूर्णपुष्टि, पुष २६ । आदिवासी जनजति समुदायको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले पुस २७ गते सार्वजनिक बिदा दिने गरेको सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष गेल्जे शेर्पाले पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णयको विरोध गरेको हो ।

मन्त्री तथा सांसदको शपथ ग्रहणमा दौरा सुरुवाललाई राष्ट्रिय पोशाक र नेपालीलाई राष्ट्रभाषा बनाउने गरी क्रियाकलाप भएको भन्दै उनले आपत्ति जनाए । अध्यक्ष शेर्पाले भने यो बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुराष्ट्रियता र बहुजातीयता विपरीत छ । राज्यको पछिल्लो गतिविधि ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह, थरुहट आन्दोलन र आदिवासी आन्दोलनबाट प्राप्त उपलब्धिहरू गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी व्यवस्था विपरीत भएको पनि महासंघले आरोप लगाएको छ।