
पूर्णपुष्टि, चैत १
रुपन्देहीबाट पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । सम्मरीमाई गाउँपालिका–९ बेतकुइयाका २४ वर्षीय सुरज हरिजन, सोही ठाउँका २३ वर्षीय तौलन हरिजन र सम्मरीमाई– ७ भुन्डिहवाका सहिल मुसलमान पक्राउ परेका हुन् ।
यूपी ५५ एन ४९४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई मर्चवारी गाउँपालिका–७ कञ्चनापुरमा चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
