Monday, May 11News That Matters

पोखरा महानगरपालिकाले पनि भारतीय चलचित्र ‘आदिपुरुष’ प्रदर्शनमा रोक

पूर्णपुष्टि,असार ४ । केहि दिन यता चर्चामा आएको भारतीय चलचित्र ‘आदिपुरुष’लाई काठमाडौंपछि पोखरा महानगरपालिकाले पनि प्रदर्शनमा रोक लगाएको छ । चलचित्रमा समावेश भएको जानकी भारतकी छोरी हुन् भन्ने संवाद नसच्यिएसम्म उक्त चलचित्रको प्रदर्शनलाई रोक्न एकपछि अर्को गर्दै नेपाल महानगरपालिका अगाडि आउन थालेको हो ।

यस्तैमा पोखरा महानगरपालिकाले पनि आफ्नो नगर क्षेत्रका हलमा फिल्म रोक्न पत्राचार गरेका छन् । पोखराका मेयर धनराज आचार्यले एक पत्र लेख्दै स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउनलाई फिल्म रोक्न पत्र पठाएको छ । आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले आज सोमबारदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको थियो ।