Saturday, June 6News That Matters

पोखरामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ १३

पोखरामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यहि भदौ १० गते कोरोना पोजेटिभ भएर कोभिड १९ उपचार केन्द्रका आईसीयूमा उपचाररत उनको आज बिहान उपचारकै क्रममा मृत्यु भएको जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।