
मोरङ, असार १९
मोरङमा पोखरीमा डुबेर २ जनाको मृत्यु भएको छ । जहदा गाउँपालिका–३ का १८ बर्षीय दिनेश राजवंशी र २० बर्षीय रिक्की राजवंशी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका दुबै जना पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । भएको तथा दिनेशलाई स्थानीयले उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगेकोमा उपचारमा संग्लग्न डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
