Monday, June 1News That Matters

प्याराग्लाइडिङबाट खसेर सेनाका खेलाडीको मृत्यु

पूर्णपुष्टि, असोज ३० गते ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको अचानक आकाशबाट खसेर ज्यान गएको छ । प्याराग्लाइडिङ गर्दागर्दै करिब १ सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको ज्यान गएको हो ।
पोखरा–१० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।