पूर्णपुष्टि, पुष २६ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वारको मत दिने भएको छ । मंलवार पार्टि कार्यालयको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दाहाललाई विश्वासको मत दिेन निर्णय गरेको पार्टीका सह महामन्त्री महेन्द्र यादवले जनाएको छ ।
सरकारलाई समर्थन गरेपनि कांग्रेस प्रतिपक्षमै रहनेछ । बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा रहेका थिए । यही पुस १० गते नियुक्त भएका प्रधानमन्त्री दाहालले अबको केहीबरेमै प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत ल्याउनुपर्ने प्रावधान अनुसार उनले आज संसदबाट विश्वासको मत लिन हो । विश्वासको मत लिनका लागि प्रधानमन्त्री प्रचण्डले १३८ सांसदको समर्थन लिनुपर्ने हुन्छ । हिजो बसेको पहिलो संसद् बैठकमा प्रचण्डले सबै दलहरूसँग विश्वासको मत दिन अनुरोध गरेका थिए।
