
पूर्णपुष्टि, साउन २८
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि छोरी शर्मिष्ठा मुखर्जीले भावुक सन्देश लेखेकी हुन् ।
शर्मिष्ठाले ट्विटरमा भगवानले आफ्नो लागि सही निर्णय गर्ने र अब जे हुन्छ त्यसलाई स्वीकार गर्न आफूलाई हिम्मत दिने लेखेकी छिन् । शर्मिष्ठाले बुवा प्रणव मुखर्जीको स्वास्थ्य लाभको कामना गर्दै एक वर्ष पुरानो प्रसङ्गको सम्झना पनि गराएकी छिन् ।
उनले ट्वीट गर्दै गत वर्ष यही समयमा प्रणव मुखर्जीलाई सर्वोच्च नागरिक सम्मान र भारत रत्न पुरस्कारबाट सम्मान गरिएको थियो ।, यो वर्ष उन गम्भीर बिरामी हुनुहुन्छ ।’ गत वर्षको अगस्ट ८ तारिखमा बुवा प्रणव मुखर्जी भारत रत्न पुरस्कारबाट सम्मानित हुँदा आफू निकै खुसी भएको भन्दै शर्मिष्ठाले यसपालिको अगस्ट १० तारिखमा गम्भीर रुपमा बिरामी भएको उल्लेख गरेकी छिन् ।
पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । ८४ वर्षीय मुखर्जी मस्तिष्कमा जमेको रगत हटाउन शल्यक्रिया गर्नको लागि अस्पताल गएको थियो । शल्यक्रियाअघि परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण देखिएको हो ।
उन सन् २०१२ देखि सन् २०१७ सम्म भारतका राष्ट्रपति थिए । राष्ट्रपति हुनुअघि अर्थ मन्त्री, रक्षा मन्त्री र परराष्ट्र मन्त्रीजस्ता पदमा रहेर काम गरेको थियो ।
