Saturday, June 20News That Matters

प्रतिबन्धित औषधीसहित दुई पक्राउ

पूर्णपुष्टि, भदौ १

मोरङ मिक्लाजुङ गाउपालिका–३ स्थित सुन्दरी चौक स्थितबाट प्रतिबन्धित औषधीसहित दुई जनालाई पक्राउ गरिएको छ । मिक्लाजुङ गाउँपालिका–४ का २१ वर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका–३ का २२ वर्षीय बिक्रान्त अधिकारीलाई प्रतिबन्धित औषधी सिहत पक्राउ गरिएको हो ।

गए राति बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रतिबन्धित औषधी ट्रामाडोल क्याप्सुल –२८८२ र  – स्पास्पेईन ट्याब्लेट २९२० सहित पक्राउ गरेको हो । पक्राउ परेका दुई जनाको थप अनुसन्धान भईरहेको छ ।