Sunday, June 21News That Matters

प्रदेश १ मा निजि अस्पतालहरुको मनपरी, संक्रमित भर्नाका लागि २ लाख धरौटी, उपचारमा दैनिक ५० हजार बढी खर्च

 

पूर्णपुष्टि, बैशाख ३०

१ नं प्रदेशका बिभिन्न निजि अस्पतालहरुले बिरामीलाई महंगो महशुलमा उपचार गरिरहेको छ । यो समयमा कोभिडको अत्यादिक विरामीहरुले निजि अस्पतालहरुमा उपचार गर्दा मारमा परहेको गुनासो गरेको छ । झापाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटले कोभिडको एक बिरामीलाई २ लाख रुपयाँ अग्रिम धरौटी लिएर उपचार सुरु गरेको छ ।

बिरामीकी छोरीले बताएअनुसार उपचार गर्नु अगवै हामि सँग हस्पिटलले २ लाख धरौटी मागेको र दैनिक उपचार खर्चमा पनि ५० हजार भन्दा बढी खर्च भईरहेको बताईन् । उपचारको लागि आवश्यक बिभिन्न औषधी र सामानहरुमा पनि निकै चर्को खर्च व्यहोरीरहेको उनिले बताईन् ।

ताप्लेजुङ फुङलिङका ५२ वर्षीय कोरोना संक्रमित पुरुषमालाई  श्वाससम्बन्धी समस्या आएपछि तत्काल बिएण्डसी हस्पिटल लगियो । उनको अहिले भेन्टिलेटरमा उपचार हुँदैछ, उपचार पहिले नै हस्पिटलले धरौटी लियो, दैनिक उपचार खर्च धान्न निकै समस्या परिरहेको छ बिरामीकी छोरीले भनिन् ।

यहि एक उदाहरण हो, कुनै पनि गरिब संक्रमितहरुले अब उपचार गर्न नसकेरै ज्यान गुमाउनु पर्छ । यस घटनालाई हेर्ने हो भने धेरै संक्रमितहरु आर्थिक समस्याका पनि छन् । जस्ले उपचारमा यत्रो खर्च कसरी काहाँबाट जुटाउँछ ? यो उपचारको लागि कुनै पनि सानो रकम हुनै सक्दैन् ।

यस्ता बिभिन्न उदाहरणहरु छन् जस्ले पैसा मुराएर लिने अनि उपचारमा भने सुधार नहुने यो समस्या अन्यमा पनि छ ।

मोरङ केराबारीका त्रिलोचन्द्र थापाको ६५ वर्षीय कोरोना संक्रमित बुबाको उपचारमा चार दिनमै डेढ लाख रुपैयाँ सकिएको छ । तर यतिका पैसा सकिए पनि बुबाको स्वास्थ्यमा कुनै सुधार नभएको थापाले बताए ।

विराट टिचिङ हस्पिटलमा दैनिक भेन्टिलेटर चार्जमात्र २० हजार रुपैयाँ तिर्दै आएको उनले सुनाए । सो अस्पतालले एक लाख धरौटी राख्न लगाएको र अन्य विविध शीर्षकमा चर्को शुल्क लिँदै आएको उनको गुनासो छ । यी दुई दृष्टान्तले नै कोरोना संक्रमितको उपचार खर्च सामान्य परिवारले धान्न नसक्ने प्रस्ट देखाउँछ ।

सरकारले नै उपचार खर्च बेहोर्ने भनिएको नोबेल शिक्षण अस्पताल र विराट शिक्षण अस्पतालको पनि हर्कत उस्तै छ । ति हस्पिटलहरुले पनि कोरोना संक्रमितको उपचारमा प्रतिदिन ५ देखि ५० हजार रुपैयाँसम्म शुल्क लिँदै आएका छन् ।

विराट टिचिङमा जनरल बेडको प्रतिदिन ४ हजार ६२५ रुपैयाँ, आइसियुको १५ हजार र भेन्टिलेटरसहित आइसियुको ३० हजार रुपैयाँ लिने गरेको छ । झापाको बिएण्डसी अस्पतालमा भने जनरल बेडको प्रतिदिन ८ हजार, अक्सिजनसहितको बेडको प्रतिदिन ३५ हजार र भेन्टिलेटरको ४२ हजार रुपैयाँ शुल्क लिने गरेको छ ।

यसरी मनपरी मशसुल निजि अस्पतालमा तिरिरहेका बिरामीहरुले आफ्नो गुनासो राख्दै सम्बन्धित निकायहरुलाई अनुगमनका लागि अनुरोध गरेको छ । संक्रमित बिरामीको एउटा समस्या चर्को धरौटीको अर्को समस्या यसरी हस्पिटलले समेत पैसाकै लागिमात्र बिरामीहरुको उपचार गरिरहँदा थप बढी ै टचर परेको बिरामीहा आफन्तहरुले बताए ।

कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको तथा अस्पतालका शय्याहरु भरिएका समाचार आइरहेका समयमा ती अस्पतालमा भर्ना भएका बिरामीको उपचार खर्चबापत अस्पतालले असुल गरिरहेका शुल्कबारे कसले अनुगमन गर्ने ? प्रश्न उब्जिनु स्वाभाविक हो । त्यसैले पनि बिरामी र आफन्तहरु मारमा पर्दै आएका छन् ।

सबै हस्पिटलहरु बिरामीले भरिभराउ छ, बेडको अभाव हुन थालेको छ, अनि यता संक्रमितको संख्या भने उत्तिकै बढिरहेको छ । बिरामीले बेड पाउनै समस्या छ । पाएपनि धरौटी सुन्ने वित्तिकै बिरामी झस्कीन्छ ।

बिएण्डसी अस्पतालका निर्देशक दुर्गा प्रसाईका अनुसार २ लाख रुपयाँ धरौटी अस्पतालकै नियम रहेको बताए । कोभिड–१९ संक्रमित बिरामीका लागि २ लाख अस्पतालले तोकेको न्यूनतम धरौटी शुल्क हो यो, क्षमता हुने र सक्नेले योभन्दा माथि जति राखे पनि हुन्छ ।’ प्रसाईले हस्पिटलले बिरामीहरुको उपचार गर्न निकै संकट परिरहेको समते बताए ।

प्रदेश १ प्रदेशसभाको सामाजिक विकास समितिका सदस्य एव नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले निजीस्तरमा सञ्चालित कोरोना विशेष अस्पतालहरु संक्रमितको उपचारमा भन्दा पनि कसरी बढी आर्थिक लाभ लिन सकिन्छ भन्नेतर्फ केन्द्रित भएको बताए ।

प्रदेश १ मा कोरोना संक्रमितले निजी अस्पतालमा उपचारको नाममा हुँदै आएको लुटको धन्दा नियन्त्रण गरी नागरिकलाई सर्वसुलभ उपचारको प्रबन्ध मिलाउन समितिले प्रदेश सरकारलाई निर्देशनसमेत दिएको कार्कीको भनाइ छ ।

यता १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईले हस्पिटलले पैसाको नाममा बिरामीलाई उपचार बिहिन बनाए कार्वाही गर्ने चेतावनी दिएको छ । ‘महामारीको अवस्थामा संक्रमितको उपचारमा अस्पतालहरु केन्द्रित हुन जरुरी रहेको र बिरामीबाट अस्पतालले उपचार अगावै विभिन्न शीर्षकमा ठुलो रकम असुल्ने काम तत्काल रोकिनु पर्ने राईले बताए ।

संक्रमितको उपचारभन्दा पनि पैसालाई महत्व दिने कुरा कहीँ कतैबाट हुन्छ भने सरकार त्यस्ता अस्पतालप्रति निर्मम ढङ्गले उत्रिन बाध्य हुने उनको चेतावनी छ ।