
पूर्णपुष्टि, माघ ६
प्रदेश १ को सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । बुधवार देखि शुरु हुने प्रदेश सभाको तयारीका लागि मंगलबार दिउँसो होटल एसियाटिकमा छलफलका लागि बोलाइएको हो ।
प्रदेश सभा बैठकमा नेकपाको प्रचण्ड–माधब पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरको अविस्वासको प्रस्ताव निणर्याथ प्रस्तुत गर्ने तयारी गरेको छ । गत पुस १० गते ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये ३ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।
अविस्वास प्रस्ताव पास भए मुख्यमन्त्री राईको सरकार ढल्ने छ । राइले भने काँग्रेसको साथ लिएर सरकार जोगाउने प्रयास गरिरहेका छन् ।
अविस्वास प्रस्ताव पास भएसँगै आफ्नो नेतृत्वमा सरकार बनाउने तयारीमा रहेको नेकपाको प्रचण्ड माधव पक्षको पनि एकल बहुमत नपुगेमा काँग्रेसकै साथ लिएर सरकार बनाउने योजनामा छ ।
प्रदेश सभा सचिवालयमा ओली समूहको बैठक भने स्थगित भएको छ । नेकपा प्रमुख सचेतक तथा ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले आफू उदयपुरमा रहेको बताउँदै समयमा नपुग्ने भएपछि बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।
