Tuesday, June 2News That Matters

प्रधानमन्त्रि ओली र प्रचण्ड छलफलमा

पूर्णपुष्टि, असार १९

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष पार्टीभित्रको विवाद समाधानको लागि छलफलमा जुटेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको हो ।

आज एक दिन स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्षबीच कुराकानी गर्ने हिजोको निर्णय अनुसार दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।

पार्टीभित्र गम्भीर विवाद उत्पन्न भएपछि नेकपाका अरु नेताहरु पनि बिहानैदेखि छलफलमा छन् । दोस्रो तहका नेताहरुले जसरी पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन् ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग उठेपछि नेकपाभित्र विवाद बढेको हो ।

पार्टीमा देखिएको सङ्कट समाधान गर्ने उद्देश्यले स्थायी कमिटीको अर्को बैठक भोलि बस्ने र यसबीचमा अध्यक्षद्वय ओली र प्रचण्डका साथै सचिवालयका नेताहरूका बीचमा छलफल गरेर समाधानको उपाय खोजिने जनाईएको छ ।